२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । लामो कसरतपछि हिजो बसेको परिषद् बैठकले डिन नियुक्त गरेको हो ।

त्रिविले कार्यविधिका आधारमा नियुक्त गरिएको जनाएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरेर सर्वसम्मतिले डिन नियुक्त गरिएको हो । त्रिविले दोस्रो पटक डीन नदोहोर्‍याउने नीति लिएकाे छ ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

त्रिविमा को–को बने डिन ?

प्रा.डा. बेदराज आचार्य, शिक्षाशास्त्र संकाय

सहप्राध्यापक ठाकुर सिलवाल, वन विज्ञान अध्ययन संस्थान

प्रा.डा. मोहोनराज शर्मा, चिकित्साशास्त्र अध्ययन संस्थान

प्रा.डा. द्विविनन्द ढकाल, मानविकी तथा सामाजिकशास्त्र

प्रा.डा. महानन्द चालिसे, व्यवस्थापन संकाय

प्रा.डा. शंकर खनाल, विज्ञान तथा प्रविधि अध्ययन संस्थान

सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल, कृषि र पशुविज्ञान अध्ययन संस्थान

प्रा.डा. सुशीलबहादुर बज्राचार्य, इन्जिनियरिङ अध्ययन संस्थान

त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कु“वर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।