१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । 

आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन । 

यस्तै देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजर ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभरी ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३ हजार ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ९८ गरी देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन ।