काठमाडौं । काठमाडौं उपत्यकामा १४ सय ९ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसहित उपत्यकामा संक्रमितको संख्या ३७ हजार ९ सय ९७ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।










