२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा महिला घाइते



अ+ अ-

काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिक बाग्मती खोला किनारको खालि जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई एक महिला गम्भीर घाइते भएकी छन् ।

आज दिउँसो चितवन रत्ननगर नगरपालिका–१२ घर भई हाल काठमाडौँ बौद्ध नारायणटार डेरा गरी बस्ने अन्दाजी ३८ वर्षीय कमला आचार्य गम्भीर घाइते भएकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आचार्य दिउँसो बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएको भनि बुझिएको र निजले आफै आफ्नो शरीरमा पट्रोल छर्की आगो लगाई शरीरको बिभिन्न भाग जली गम्भीर घाइते हुँदा तत्काल उपचारको लागी शङ्खरापुर स्थित रहेको सुष्मा कोइराला मेमोरिएल अस्पताल साँखुमा उपचार भइरहेको छ ।”

निजको आगोले शरीरको विभिन्न भाग जलि गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा रहेको प्रवक्ता अधिकारीले बताए । उक्त घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।