९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो: प्रचण्ड



अ+ अ-

रुपन्देही  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताउनुभएको छ।रुपन्देहीको तिलोत्तमामा आज आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुयो-‘ पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन ।प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् ।हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं।भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ।’

अध्यक्ष प्रचण्डले थप्नुभयो-‘ जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उहाँले बताउनुभयो ।आफु सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो -‘म सरकारमा रहँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाए। धेरै राजनतिक नेताहरु, ठुला ठुला कर्मचारी, भुमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पती जनताको हातमा ल्याउने काम गरे ।भ्रष्टाचारीहरुहरुविरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पिडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहनेत गरियो। त्यसैगरी विदेसमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो।’

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उहाँले दिनुभयो ।

देशको निम्ति, उत्पिडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पिडित वर्ग समुदाय, किसान मजदुरको हक र हितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउँन चाहेका सबैमा पर्दै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो -‘म खुसी व्यक्त गर्न चाहान्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ। ठुलो बलिदान मार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं। जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिंदैनौं ।’

कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ताको ठुलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो । साथै, कांग्रेस-एमाले परित्याग गरी कांग्रेस-एमालेका नेता कार्यकता समेत माओवादी केन्द्रमा प्रवेस गरेका थिए ।




भर्खरै