काठमाडौं – नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त दुइ अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षकहरू दुर्गा सिंह र भरत बहादुर बोहरालाइ बढुवा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका तर्फबाट सदस्य सचिव एवं प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जारी गरेको सूचनामा ती दुवैको बढुवा गर्ने निर्णय भएको उल्लेख छ ।
दुर्गा सिंहलाइ प्रदेश समन्वय विभाग र बोहरालाइ कार्य विभागमा दरबन्दी तोकिएको छ ।











