९ माघ २०८१, बुधबार
,
Latest
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’ टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा च्याम्पियन्स लिगः अल्भारेज चम्किँदा एट्लेटिको विजयी च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ वर्षीय गुकेश बने चेसका नयाँ विश्व च्याम्पियन, सबैभन्दा कम उमेरमा जिते उपाधि



अ+ अ-

एजेन्सी । १८ वर्षीय भारतीय ग्रान्डमास्टर डी गुकेशले बिहीबार सिंगापुरमा भएको विश्व चेस च्याम्पियनसिपको उपाधि जितेका छन् ।

उनले फाइनलमा डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई ७.५–६.५ ले हराए । गुकेश यति कम उमेरमा उपाधि जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

यसअघि सन् १९८५ मा रुसका ग्यारी कास्पारोभले २२ वर्षको उमेरमा यो उपाधि जितेका थिए ।

गुकेशले १४ औं खेलमा चिनियाँ खेलाडीलाई पराजित गर्दै उपाधि जितेका हुन् । २५ नोभेम्बरबाट सुरु भएको च्याम्पियनसिपको फाइनल डिसेम्बर ११ सम्म यी दुईबीच १३ खेल खेलिएका थिए ।

यहाँको स्कोर ६.५–६.५ मा बराबरी भयो । गुकेशले बिहीबार १४औँ खेल जितेर एक अंकको अग्रता लिएर अंक ७.५–६.५ बनाएका हुन् ।

खेलपछि गुकेशले भने, ‘लिरेनको गल्ती मेरो जीवनको सबैभन्दा राम्रो क्षण थियो । जब उनले गल्ती गरे, मैले बुझिनँ, म मेरो सामान्य चाल गर्न जाँदै थिएँ । त्यसपछि उनको हात्तीले मेरो हात्तीलाई निशाना बनाएको देखेँ । मैले उसलाई मारेँ र उनको ऊँटलाई मेरो ऊँटले मार्यो । मसँग अर्को सिकार बाँकी थियो, अन्तमा यो बच्यो र लिरेनले रिजाइन गरे ।’

गुकेश भारतबाट चेसको विश्व च्याम्पियन हुने दोस्रो खेलाडी बने । विश्वनाथन आनन्द सन् २०१२ मा चेस च्याम्पियन बनेका थिए । गुकेशले १७ वर्षको उमेरमा फिडे क्यान्डिडेट्स चेस प्रतियोगिता पनि जितेका थिए । त्यसपछि उनी यो उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी पनि बने ।

अन्तर्राष्ट्रिय चेस फेडेरेसन (एफआईडीइ) को १३८ वर्षको इतिहासमा एसियाका दुई खेलाडी विश्व च्याम्पियनको उपाधिका लागि आमने सामने भएको यो पहिलो पटक हो । खेलाडीले क्लासिकल खेलमा एक जित बापत १.६९ करोड रुपैयाँ पाए । अर्थात् ३ खेल जितेपछि गुकेशले ५.०७ करोड र २ खेल जितेपछि लिरेनले ३.३८ करोड सिधै प्राप्त गरे । बाँकी पुरस्कार राशि दुवै खेलाडीलाई बराबर बाँडियो अर्थात् गुकेशले ११ करोड ४५ लाख र लिरेनले ९ करोड ७५ लाख रुपैयाँ पुरस्कार पाए ।

को हुन् डी गुकेश ?
गुकेश डीको पूरा नाम डोम्माराजु गुकेश हो । उनी चेन्नईका बासिन्दा हुन् । गुकेशको जन्म ७ मे २००६ मा चेन्नईमा भएको थियो । उनले ७ वर्षको उमेरमा चेस खेल्न थालेका थिए । उनलाई सुरुमा भास्कर नागैयाले प्रशिक्षण दिएका थिए ।

नागैया एक अन्तर्राष्ट्रिय चेस खेलाडी हुन् र चेन्नईमा होम चेस ट्यूटर हुन् । त्यसपछि विश्वनाथन आनन्दले गुकेशलाई खेलको जानकारी दिनुका साथै कोचिङ पनि दिए । गुकेशका बुबा डाक्टर र आमा पेसाले माइक्रोबायोलोजिस्ट हुन् ।