३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी ऐन संशोधनको तयारीमा छौं, संसद सचिवालयका कर्मचारीका मागहरु सम्बोधन हुन्छन्ः कानूनमन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।

उहाँले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुनेगरी ऐन संशोधनको प्रक्रियामा रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुको कामलाई व्यवस्थित र संवैधानिक तवरले सम्पन्न गर्नको लागि कर्मचारीहरु भूमिका प्रसंशनीय रहेको उहाँले बताउनु भयो । कर्मचारी ऐनमा सर्वोच्चका निर्णय उल्लेख गर्दे विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै ल्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुले गर्ने कामहरुलाई व्यवस्थित र संवैधानिक रुपले व्यवस्थित गर्ने दायित्व र त्यहाँ भएका कमिकमजोरीहरुलाई सुधार गर्दै संसद सचिवालयका पदाधिकारीहरुले ऐन, कानून बनाउनेदेखि लिएर नेपालको संसदीय प्रणालीलाई अझै सशक्त बनाउने कामहरुमा सहयोग गर्दै आइरहनुभएको छ । कर्मचारी ऐन संशोधनको अवस्थामा छ । र त्यसमा संसद सचिवालयका साथिहरुको मागलाई पनि सम्बोधन हुनेगरि ल्याउने जानकारी दिन चाहन्छौं । हामी संविधानलाई अझै व्यवस्थित गर्न ऐन, कानूनमा भएका कमिकमजोरीहरु, सर्वोच्चले आदेशका बेलामा दिएका सुझावहरु, निर्णयहरुलाई कसरी अझै लोकतान्त्रिक मुलुकमा भएका व्यवस्थाहरुको मेल हुनेगरि सबैको सहभागिता र सशक्त रुपले संशोधन गर्नमा यहाँहरुको ठूलो सहयोग छ ।’

विसं २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । यही अवसरमा शुक्रवार संघीय संसद सचविालयले मुल समारोहको आयोजना गरेको थियो ।