१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन पोखरा सडक: कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध



अ+ अ-

मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्डमा सडक स्तरोन्नति गर्नका लागि पॉच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकखण्ड स्तरोन्नति कार्य अन्तर्गत मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म कोत्रेखोलाको पुलमा ग्रिडर लन्चिङ कार्य हुने भएकाले उक्त खण्डमा बिहान ८ बजेदेखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुन लागेको हो ।

सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गरी उल्लेखित स्थानमा आंशिक रुपमा प्रभावित हुने भएकाले एक पटकमा बढीमा एक घण्टाका लागि सडक अवरोध हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।