२५ मंसिर २०८२, बिहीबार
,
Latest
जेन–जीको एक समुह र सरकार–बीचको सम्झौता मिराज समुहले स्वीकार नगर्ने एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं विश्वविद्यालयद्वारा यही २९ गते एक हजार २५६ जना विद्यार्थी दीक्षित हुँदै



अ+ अ-

काठमाडौं विश्वविद्यालयको यही मंसिर २९ गते हुने ३०औं दीक्षान्त (पहिलो चरण) को समारोहमा एक हजार २५६ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा.डा. टी.एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको उपस्थिति हुने तय भएको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना दीक्षित हुन लागेको विश्वविद्यालयले जनाएको छ ।

स्नातक तर्फ मानविकीका १११ जना, शिक्षा संकायका २५३ जना, इन्जिनियरिङका ७७ जना, कानुनका ३९ जना, व्यवस्थापन संकायका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र विज्ञान संकायका १३० जना रहेका छन् ।

दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको Master in Urban Studies मा ५ जना, Master in Media Studies मा १ जना र Master of Fine Arts मा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिने भएको छ ।

त्यसैगरी स्कुल अफ एजुकेसनको Master in Indigenous Education and Development मा १९ जना र Master in Training and Development मा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ इन्जिनियरिङको Master in Health Informatics मा २ जना र M. Tech. in Energy Systems (Joint Degree with IIT, Madras) मा ४ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

स्कुल अफ मेडिकल साइन्सेजको Bachelor of Science in Medical Imaging Technology मा ८ जना र Bachelor of Science in Laboratory Medicine मा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ ।

तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा काठमाडौं विश्वविद्यालयबाट कूल ४६ हजार ६९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५४२ जना विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताउनुभयो ।