१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई



अ+ अ-

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयले यसअघि प्राधिकरण सञ्‍चालक समिति सदस्य रहेका दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।

नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि (मङ्गलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

दाहाललाई बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिमा कायम वरियतामा आधारमा जिम्मेवारी दिएको जनाइएको छ ।