१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताउनुभएको छ ।

बिहीवार त्रिभूवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभएको हो ।

उहाँले विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताउनु भयो । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उहाँको भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ । तर मुक्त मनले चल्दा, नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिभूवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुप¥यो । ड्रामा अफ मेरिटोक्रेसी होइन । साँच्चैको मेरिटोक्रेसी हुनुपर्छ । म सधैँ देखिरहेको छु, कुलपतिले हस्तक्षेप ग¥यो, मेरोबिरुद्ध त यसैपनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन । वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन । कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन । जे सुकै भएपनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्वहरु छन् नेपालमा । मेरो कुनै हस्तक्षेप होइन । हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ । हिजो मात्रै पनि अखबारमा छापियो, प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा मात्रै पनि विलम्व भयो । अहिले पनि उपकुलपतिजीले कसोकसो एउटा शब्द भन्नुभयो । किन विलम्व भयो, भन्दा खै मैले राम्रो बुझिन । निष्पक्ष र मेरिटोक्रेसीमा आधारित भएर गर्नुस् ।’

प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताउनु भयो । उहाँले पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिनुभयो । साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रश्ताव पास गरेको छ । सभामा पेश भएका १२ बुँदे प्रश्तावमध्ये ११ बुँदा पास भएका हुन् ।