४ पुष २०८२, शुक्रबार
,
Latest
जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलादीको कलभर्ट निर्माण पूरा, सहज बन्यो यातायात



अ+ अ-

काठमाडौं: कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा यातायात आवागमन सहज बनेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टकको उद्घाटन गरेका छन् । ११ मिटर लामो उक्त कलभर्ट भत्किँदा कमलादी क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो । व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तिव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

काठमडौ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो । राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रकृयाले पनि निर्माण कार्यमा ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो ।