९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालस्थित अमेरिकी दूतावासद्वारा लुम्बिनी सङ्ग्रहालयको संरक्षणलाई बढवा

नेपालस्थित अमेरिकी दूतावासद्वारा लुम्बिनी सङ्ग्रहालयको संरक्षणलाई बढवा
अ अ+ अ-

लुम्बिनी: अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले आज आयोजित एक समारोहका बिच लुम्बिनी विकास कोष र  पुरातत्त्व विभागका प्रतिनिधिहरूका साथमा लुम्बिनी सङ्ग्रहालय संरक्षण परियोजनाको उद्‍घाटन गर्नुभएको छ । सो सङ्ग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य सङ्ग्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न नेपालस्थित अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ । उक्त अनुदानले एउटा अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना पनि गर्नेछ जससँगै पुरातात्त्विक संरक्षणको एउटा क्षेत्रीय हबको सृजना हुनेछ ।

“यस संरक्षण प्रयोगशालाको स्थापना लुम्बिनीका लागि एउटा ऐतिहासिक अग्रगामी कदम हो जसले लुम्बिनीलाई पुरातात्त्विक अनुसन्धान तथा संरक्षणको क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्दछ,” सार्वजनिक मामिला प्रमुख हार्करले भन्नुभयो । “यस परियोजनाले प्रतिस्थापन गर्नै नसकिने कलाकृतिको सुरक्षा गर्ने मात्र नभई नवप्रवर्तन र सहकार्यका अवसरहरूको सृजना पनि गरी नेपाललाई सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्नेछ ।”

इसापूर्वको छैटौँ शताब्दीदेखि इस्वी संवत्‌को तेस्रो शताब्दीसम्मका ३०० भन्दा बढी कलाकृतिहरू रहेको लुम्बिनी सङ्ग्रहालयमा लुम्बिनीको पवित्र स्थलमा उत्खनन गरिएका पक्की माटोका प्रतिमा, ढुङ्गाका मूर्ति, सिक्का र अन्य अवशेषहरू सङ्ग्रहित छन् । यस परियोजना यी सांस्कृतिक निधिको संरक्षणमा एउटा रूपान्तरणकारी कदम हुनेछ । संरक्षण स्थलको सीमितताका कारण हाल यी कलाकृतिमध्ये धेरै वटा काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालयमा भण्डारण गरिएका छन् ।

यस पहलले लुम्बिनी प्रदेशको पहिलो – र नेपालकै सुरुवातीमध्ये एक – आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरी लुम्बिनी र यस वरपरका पुरातात्त्विक स्थलमा रहेका कलाकृतिको अध्ययन, संरक्षण र सुरक्षित भण्डारणलाई सम्भव बनाउनेछ । त्यसका साथै, एक वृहत् प्रशिक्षण कार्यक्रमले पुरातात्त्विक संरक्षणमा स्थानीय क्षमता निर्माण गरी भावी पुस्ताका निम्ति नेपालको समृद्ध सांस्कृतिक सम्पदाको अभिलेखन तथा संरक्षण गर्न पेसाकर्मी तथा विद्यार्थीहरूको सशक्तीकरण गर्नेछ ।