१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले अल्लु अर्जुनको तारिफ गरे



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र साउथ अभिनेता अल्लु अर्जुनले हालै सोशल मिडिया प्लेटफर्म एक्समा एक अर्कासँग कुराकानी गरे ।

यस क्रममा दुवैले एकअर्काको कामको तारिफ पनि गरेका थिए । अमिताभले अल्लु अर्जुनको काम र प्रतिभाको प्रशंसा गरे भने अल्लु अर्जुनले अमिताभलाई आफ्नो प्रेरणा भनेका छन् ।

साउथ अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ डिसेम्बर ६ मा हलमा रिलिज भएको छ । फिल्मले रिलिज भएको चार दिनमै विश्वभर ८ सय करोड कमाएको छ । फिल्मको सफलताको बीचमा अल्लु अर्जुनको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेताको यो भिडियो सन् २०२१ मा रिलिज भएको ‘पुष्पा–द राइज’ को प्रमोशनको समयको हो । यस भिडियोमा अल्लु अर्जुन अमिताभ बच्चनको तारिफ गरिरहेको देखिन्छ ।

अमिताभ बच्चनको बारेमा कुरा गर्दै अल्लु अर्जुनले भनेका थिए, ‘मैले अमिताभ बच्चनबाट सबैभन्दा बढी प्रेरणा पाएको छु, म उहाँबाट धेरै प्रभावित छु, किनभने हामी सबै उनको अभिनय हेरेर हुर्केका छौं । उनले आज पनि अभिनय गरेको देख्दा यो उमेरमा पनि उनीजस्तै राम्रो अभिनय गर्न सक्छु कि भनेर सोच्छु । त्यसैले म चाहन्छु कि यदि तपाई ६०, ७० वर्षको उमेरमा काम गर्न चाहनुहुन्छ भने अमिताभ जी जस्तै सुन्दर काम गर्नुपर्छ ।’

हामी तपाईको काम र प्रतिभाको फ्यान हौं – अमिताभ
यो भिडियोमा अमिताभ बच्चनले प्रतिक्रिया दिएका छन् । अभिनेताले अल्लु अर्जुनको पुरानो भिडियो आफ्नो एक्स ह्यान्डलमा सेयर गरे र पोस्टको क्याप्शनमा लेखे ( म तपाईका यी शब्दहरूको लागि कृतज्ञ छु । तपाईले मलाई म भन्दा धेरै माया दिनुभयो । हामी सबै तपाईको काम र तपाईको प्रतिभाको ठूला प्रशंसक हौं । मलाई आशा छ कि तपाईंले हामी सबैलाई प्रेरणा दिनुहुनेछ। अमिताभले थप लेखेका छन्, ‘मेरो प्रार्थना र शुभकामना सधैं तपाईको सफलताको लागि छ ।’

पछि, अल्लु अर्जुनले अमिताभको पोस्टको जवाफ दिए र उनलाई धन्यवाद दिए । उनले लेखेका छन् कि ‘तपाई हाम्रो सुपरहिरो हुनुहुन्छ र तपाईबाट यस्तो शब्द सुन्नु ठूलो कुरा हो । तपाईको शब्द, प्रशंसा र शुभकामनाको लागि धन्यवाद ।’