१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनले अल्लु अर्जुनको तारिफ गरे



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र साउथ अभिनेता अल्लु अर्जुनले हालै सोशल मिडिया प्लेटफर्म एक्समा एक अर्कासँग कुराकानी गरे ।

यस क्रममा दुवैले एकअर्काको कामको तारिफ पनि गरेका थिए । अमिताभले अल्लु अर्जुनको काम र प्रतिभाको प्रशंसा गरे भने अल्लु अर्जुनले अमिताभलाई आफ्नो प्रेरणा भनेका छन् ।

साउथ अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ डिसेम्बर ६ मा हलमा रिलिज भएको छ । फिल्मले रिलिज भएको चार दिनमै विश्वभर ८ सय करोड कमाएको छ । फिल्मको सफलताको बीचमा अल्लु अर्जुनको एउटा पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अभिनेताको यो भिडियो सन् २०२१ मा रिलिज भएको ‘पुष्पा–द राइज’ को प्रमोशनको समयको हो । यस भिडियोमा अल्लु अर्जुन अमिताभ बच्चनको तारिफ गरिरहेको देखिन्छ ।

अमिताभ बच्चनको बारेमा कुरा गर्दै अल्लु अर्जुनले भनेका थिए, ‘मैले अमिताभ बच्चनबाट सबैभन्दा बढी प्रेरणा पाएको छु, म उहाँबाट धेरै प्रभावित छु, किनभने हामी सबै उनको अभिनय हेरेर हुर्केका छौं । उनले आज पनि अभिनय गरेको देख्दा यो उमेरमा पनि उनीजस्तै राम्रो अभिनय गर्न सक्छु कि भनेर सोच्छु । त्यसैले म चाहन्छु कि यदि तपाई ६०, ७० वर्षको उमेरमा काम गर्न चाहनुहुन्छ भने अमिताभ जी जस्तै सुन्दर काम गर्नुपर्छ ।’

हामी तपाईको काम र प्रतिभाको फ्यान हौं – अमिताभ
यो भिडियोमा अमिताभ बच्चनले प्रतिक्रिया दिएका छन् । अभिनेताले अल्लु अर्जुनको पुरानो भिडियो आफ्नो एक्स ह्यान्डलमा सेयर गरे र पोस्टको क्याप्शनमा लेखे ( म तपाईका यी शब्दहरूको लागि कृतज्ञ छु । तपाईले मलाई म भन्दा धेरै माया दिनुभयो । हामी सबै तपाईको काम र तपाईको प्रतिभाको ठूला प्रशंसक हौं । मलाई आशा छ कि तपाईंले हामी सबैलाई प्रेरणा दिनुहुनेछ। अमिताभले थप लेखेका छन्, ‘मेरो प्रार्थना र शुभकामना सधैं तपाईको सफलताको लागि छ ।’

पछि, अल्लु अर्जुनले अमिताभको पोस्टको जवाफ दिए र उनलाई धन्यवाद दिए । उनले लेखेका छन् कि ‘तपाई हाम्रो सुपरहिरो हुनुहुन्छ र तपाईबाट यस्तो शब्द सुन्नु ठूलो कुरा हो । तपाईको शब्द, प्रशंसा र शुभकामनाको लागि धन्यवाद ।’