२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट

सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने

सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने
अ अ+ अ-

काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ । नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो । सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रयाइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार प्रवक्ता ज्ञवालीले नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गरे ।

‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ,’ उनले भने । सरकारका प्रवक्ता ज्ञवालीले चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने भन्दै बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने जनाए । सरकारले नागरिकलाई कोरोना संक्रमण जटिल अवस्थामा आउन नदिन सचेतना अपनाउन, स्वास्थ्य मापदण्ड पालना गर्न र संवेदनशील बन्न आग्रहसमेत गरेको छ । सरकारले पुनः देशव्यापाी लकडाउन गर्नेभन्दा पनि पछिल्ला दिनमा तीव्र रूपमा संक्रमण फैलिरहेको काठमाडौं उपत्यका तथा संक्रमण तीव्र रूपमा फैलिरहेको क्षेत्रमा निषेज्ञाधा लगाउने तयारी गरेको स्रोत बताउँछ । काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा काठमाडौं उपत्यकामा कोरोनाका कारण जटिलता र चुनौती थपिएको निष्कर्ष निकालिएको थियो । सरकारका प्रवक्ता ज्ञवालीले आइतबार कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंपछि परेको समेत उल्लेख गरे । हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ छ ।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती थपिएको उल्लेख गरेका छन् । उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने र संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने समेत जनाएका छन् । राजधानी दैनिक