२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन्ः महासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताउनुभएको छ ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताउनुभएको हो ।

उहाँले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उहाँको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उहाँले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यतिखेर मुलुकको अगाडि मुख्यगरी तीन वटा समसयाहरु चुनौतिको रुपमा खडा भएका छन् । मुलकमा लोकतन्त्रको स्थापना भएको छ । केही समस्याहरुका बाबजुद पनि यसको रक्षा गर्नुको विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि पनि कर्मचारीको एकदमै महत्वपूर्ण भुमिका रहन्छ । लोकतन्त्रलाई सिध्याउने निरङ्कुस प्रकारको प्रवृत्तिहरु बढ्दै गइरहेका छन् । वर्तमान प्रणालीलाई सिध्याउने खेलहरु भइरहेका छन् । राज्यलाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ । दोस्रो, विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको छ ।यो संकटलाई मोचन गर्नको लागि कर्मचारी संगठनले दृढतापूर्वक राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता छ । तेस्रो, राज्यमा भ्रष्टाचारी, घुसखोरी, जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ गइरहेको छ । ऋणैऋणमा मुलुक डुबिरहेको छ । मुलुकलाई आर्थिक रुपमा कमजोर बनाउँदै संकटको दिशामा धकेलिरहेको छ । वित्तीय संकट गम्भिर रुपले पैदा भइरहेको छ । यसले राज्यलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त गर्ने दिशातर्फ गइरहेको छ । यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्नको लागि निरन्तर खबरदारी गर्नु जरुरी छ । अनियमितताको विरुद्ध र जनताको हितको पक्षमा कर्मचारीहरुको हितको पक्षमा निरन्तर लडिरहनुपर्ने आवश्यकता छ । ’

मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै उहाँले मुलुकको संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताउनु भयो । गाण्तन्त्रवादी शक्तिहरु एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलवद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।