१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन्ः महासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताउनुभएको छ ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताउनुभएको हो ।

उहाँले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उहाँको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उहाँले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यतिखेर मुलुकको अगाडि मुख्यगरी तीन वटा समसयाहरु चुनौतिको रुपमा खडा भएका छन् । मुलकमा लोकतन्त्रको स्थापना भएको छ । केही समस्याहरुका बाबजुद पनि यसको रक्षा गर्नुको विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि पनि कर्मचारीको एकदमै महत्वपूर्ण भुमिका रहन्छ । लोकतन्त्रलाई सिध्याउने निरङ्कुस प्रकारको प्रवृत्तिहरु बढ्दै गइरहेका छन् । वर्तमान प्रणालीलाई सिध्याउने खेलहरु भइरहेका छन् । राज्यलाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ । दोस्रो, विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको छ ।यो संकटलाई मोचन गर्नको लागि कर्मचारी संगठनले दृढतापूर्वक राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता छ । तेस्रो, राज्यमा भ्रष्टाचारी, घुसखोरी, जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ गइरहेको छ । ऋणैऋणमा मुलुक डुबिरहेको छ । मुलुकलाई आर्थिक रुपमा कमजोर बनाउँदै संकटको दिशामा धकेलिरहेको छ । वित्तीय संकट गम्भिर रुपले पैदा भइरहेको छ । यसले राज्यलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त गर्ने दिशातर्फ गइरहेको छ । यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्नको लागि निरन्तर खबरदारी गर्नु जरुरी छ । अनियमितताको विरुद्ध र जनताको हितको पक्षमा कर्मचारीहरुको हितको पक्षमा निरन्तर लडिरहनुपर्ने आवश्यकता छ । ’

मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै उहाँले मुलुकको संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताउनु भयो । गाण्तन्त्रवादी शक्तिहरु एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलवद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।