२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, आर्थिक सहायता बढाउनेबारे छलफल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नुभको छ । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा शुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग मान्य उपप्रधानमन्त्रीज्युको भेटवार्ता भयो । नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानका विषयमा केन्द्रित भयो । अमेरिकी सहयोगबाट एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट विभिन्न योजनाहरु कार्यान्वयनमा रहेका छन् । ति कार्ययोजनाको सम्बन्धमा कसरी ति आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विचारहरु आदानप्रदान भयो । अमेरिकी विकास वित्त संस्थाबाट केही नेपालमा निजी क्षेत्रमा पनि लगानी शुरु भएको छ । त्यसलाई कसरी बढाउन सकिन्छ । ठूलो पोर्टफोलियो नेपालमा आउनसक्ने सम्भावना छ, अहिले केही मात्रामा हामीले शुरु गरेका छौँ । त्यसलाई बिस्तार कसरी गर्न सकिन्छ भन्नेबारेमा केही कुराहरु राख्नुभयो । त्यसमा हाम्रो तर्फबाट निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने बारेमा कुरा भएको छ ।’

उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनु भएको थियो ।