२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि मानवअधिकार आयोगले सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचरणगरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमै दुर्व्यवहार गर्ने प्रहमाथि राष्ट्रिय मानवअधिकार आयोगले सोधपुछ गर्ने भएको छ ।

आयोगको टोलीले हिरासतमा रहेका लामिछानेलाई भेटेर सबै कुरा बुझिसकेको छ । अब आयोगले प्रहरी अधिकारीहरुलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको हो ।

आयोगले प्रहरी महानिरीक्षक वा प्रहरीको मानवअधिकार हेर्ने अधिकारलाई बोलाएर सोध्ने तयारी गरेको हो ।

चितवनबाट पोखरा लैजाँदा आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप प्रहरीले लगाउँदै आएका छन् । आफू सुतिरहेका बेला मध्यराति चितवनबाट पोखरा ल्याइएको र आफ्नो डायरीसमेत खोसिएको आरोप उनको छ ।

रविलाई वीरगन्ज पठाउने वा पोखरामै बयान लिने भन्नेमा अन्योल

यसैबीच वीरगन्जका सानो पाइला सहकारी ठगीको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिन वीरगन्ज मै लैजाने कि नलैजाने भन्नेमा प्रहरीले टुंगो लगाउन सकेको छैन ।

लामिछानेलाई पक्राउ गरेर पर्सा ल्याउन अदालतबाट अनुमति लिइसकेको प्रहरी अहिले दोधारमा पुगेको हो ।

पर्सा नलगिए वीरगन्जबाटै प्रहरी र सरकारी वकिलको टोली पोखरा पुगेर पनि बयान लिने कि भन्ने छ ।
सम्भवत: यस विषयमा आजै टुंगो लगाइने छ ।