११ पुष २०८१, बिहीबार
,
Latest
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु रवि लामिछानेको बयान सुरु ग्लोबल वार्मिङका लागि कुनै त्यस्तो योगदान गरेका छैनौँ तर त्यसको मार खेप्न बाध्य भएका छौँ… गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको किचलो : देउवालाई किन च्यालेञ्ज गर्दैछन् शेखर ?



अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेसको प्रथम कोशी प्रदेशस्तरीय सम्मेलनका लागि काँग्रेसका शीर्ष नेतादेखि कार्यकर्ता शुक्रबार नै विराटनगर पुगिसकेका थिए । विराटनगर नेपाली काँग्रेस पार्टीसँग इतिहास जोडिएको सहर हो, जहाँ कोइरालापक्षीय कांग्रेसको विरासद जोडिएको छ । त्यसो त विराटनगर नै कृष्णप्रसाद कोइरालाले बसाएको बस्ती हो । कृष्णप्रसादका तीन भाइ छोरा नै नेपालको प्रधानमन्त्री भइसकेका छन् ।

काठमाडौंबाट गिरिजाप्रसाद कोइराला विराटनगर गए भनेपछि नै एक प्रकारको राजनीतिक रौनक पलाउन थाल्थ्यो, किनकि उनी विराटनगर पुगेपछि कोइरालाले केही न केही नयाँ कुराको घोषणा गर्थे र यसले नेपालको राजनीतिमा नयाँ परिवर्तन ल्याउन सक्नेसम्मको ल्याकत पनि राख्दथ्यो ।

शुक्रबार र शनिबार पनि त्यही विराटनगरमा काँग्रेसको प्रेदशस्तरीय भेला थियो र नेतादेखि कार्यकर्तासम्म पुगेका थिए । त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवा नै बास बसेका थिए होटलमा । जहाँ विपीपुत्र एवं कांग्रेसका नेता डा शशांक कोइराला पनि थिए । शनिबार बिहान देउवा र कोइराला नै त्यही कोइराला निवासमा पुगेका थिए । त्यसले कोइराला निवासका पुराना दिनहरुको स्मृति झल्काउँथ्यो ।

तर त्यहाँनेर अपुग भएको एक कुरा यो थियो कि पार्टीले विराटनगरमै कांग्रेसको र त्यो पनि प्रदेशस्तरको कार्यक्रम आयोजना गर्दा पनि त्यहाँ शेखर कोइराला थिएनन् । कुनै भवितव्य परेर या परिस्थितिजन्य घटनाका कारण उपस्थित हुन नसकेर नभएर उनी त्यहाँ नियतबस नै पुगेका थिएनन् ।

यो देख्दा लाग्थ्यो कि हिजोका दिनमा कोइराला निवासमा गिरिजाप्रसाद कोइराला पुग्दा हुने, हुनसक्ने कुनै नयाँ राजनीतिक उथलपुथल आज पार्टीमा कोइरालाको विरासद थामिरहेका डा शेखर कोइराला नपुग्दा पो देखिने हो कि ?

अघिल्लो हप्ता उनले सोही प्रदेशका पार्टीका पलालिका सभापतिहरुको भेला राखेर भाषण गरे, त्यहाँ पार्टी सभापति निम्त्याइएको थिएन, शेखरले नै प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । तर लगत्तै सभापति देउवाले त्यो पार्टीले आयोजना गरेको आधिकारिक भेला नभएको भनेर नै विज्ञप्ति प्रकाशन गरेका थिए ।

त्यसपछि सभापतिले शुक्रबार र शनिबारका लागि पार्टीको यो भेला बोलाए त्यहाँ कोइराला उपस्थित भएनन् । सो भेलाकै समय पारेर शेखरले आफ्ना सहयोगीमार्फत् आफ्ना कार्यक्रमहरु चितवनमा रहेको जानकारी गराएका थिए । यसकारण उनी चितवनमै बसे, उता विराटनगर गएनन् ।

आफ्नो गृहनगरमा पार्टीले प्रदेशस्तरको कार्यक्रम दुई हप्ता अघि नै घोषणा गरेर आयोजना गर्छ तर त्यसमा शेखर कोइराल नै उपस्थित हुदैनन् भने त्यसको अर्थ के लाग्छ ? सायद विश्लेषकहरुले लगाउँदै होलान् ।

जब कांग्रेसको प्रदेश सम्मेलन सुरु भयो । त्यहाँ शेखर कोइराला समूहमाथि प्रहार सुरु भएको थियो । कार्यक्रममा सांसद, केन्द्रीय सदस्य, पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारीदेखि सभापतिसम्मले मन्तव्य राखेका थिए । त्यस क्रममा अधिकांशले कोइराला पक्षमाथि आक्रामक भएर भाषण गरेका थिए ।

नेपाली कांग्रेसको विरासत बोकेको विराटनगरमा आयोजित कार्यक्रममै कोइराला माथि संस्थापन पक्षले एकपक्षीय भएको आरोप लगाइरहेका थिए । सम्मेलनमा प्रतिरक्षाको स्वर भने सानो सुनिएको थियो ।

संस्थापनले शेखर पक्षलाई आक्रमण गर्नुको मुख्य कारण चाहिँ गएको १८ गते केन्द्रको अनुरोध विपरीत पालिका सभापतिहरूको भेला राखेको विषय नै थियो । पालिका सभापतिहरूको भेला नराख्न केन्द्रले गरेको पत्रको अवज्ञा गर्दै कोइराला पक्षले भेला राखेको थियो । उक्त भेला विधान विपरीत र अनुशासन विपरीत भन्दै नेताहरूले चर्को आलोचना गरे ।

फेरि यस्तो जुहारी सुरु भएको छ कांग्रेसभित्र । समय समयमा पार्टीमा संस्थापन र इतर भनेर बन्दै गएको समूहगत तानातान फेरि एकपटक उठ्न थालेको छ । पार्टीको महाधिवेशन आउन लागेर होला दुवै पक्ष अहिले एकले अर्कालाई तारो बनाइरहेका छन् ।

कोइराला पक्षका एक नेताले पछिल्लो समय हिजोको बालकृष्ण खाँणको भनिएको एक समूह खाँणसहित नै कोइरालाको सन्निकटमा पुगेको बताउँछन् । उनी भन्छन् विगत लामो समयदेखि देउवाका अति निकट सहयोगीका रुपमा रहेका भनिएका केन्द्रीय नेताहरु नै अहिले शेखरका पक्षमा भित्रभित्रै जान थालेका छन् । उनीहरले कोइरालासँग आफ्ना राजनीतिक भविष्य सुनिश्चित होस्, हामी तपाईँसँगै आउँछौँ भनिरहेका पनि ती नेताले बताए ।

सायद त्यसैको एक कारण यो पनि हुनसक्छ कि अहिले अरु सबै दलले चीनसँग नेपाल सरकारले गरेको बिआरआइको सहमति राम्रो भनिरहँदा देउवा क्याम्पकै कतिपय नेताहरुले भने नेपालले ऋण लिने पक्षमा हस्ताक्षर गरेको भनेर परराष्ट्रमन्त्रीको नै विरोध गरिरहेका छन् ।

कांग्रेसको यो पछिल्लो समयको चाल र शेखरको नयाँ मुभ देख्दा यसले कतै पार्टीलाई फुटको दलदलसम्म त पुर्याउँदैन भन्ने प्रश्न पनि उब्जिएको छ । कांग्रेसीजनहरु यसैमा डराएजस्तै उता सरकार पनि शेखरको नयाँ मुभको शिकार पो हुनुपर्ने हो कि भनेर पनि सशंकित हुनु स्वाभाविकै हो । तर यी दुवै पक्षले प्रश्न गरिरहेका छन् कि वास्तवमा शेखर के गर्दैछन् ? उनले पार्टी सभापतिलाई गरिरहेको यो च्यालेञ्जका पछाडि आड कस्को छ ?