काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको एडिलेड टेस्टमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको छ ।
आयोजक टोलीले बिना कुनै विकेट गुमाएर १९ रनको लक्ष्य पुरा गरेको थियो । योसँगै बोर्डर–गावस्कर ट्रफीमा दुवै टोली १–१ को बराबरीमा रहेका छन् । भारतले पर्थ टेस्ट २९५ रनले जितेको थियो ।
सिरिजको तेस्रो खेल १४ डिसेम्बरबाट ब्रिसबेनको गाबा मैदानमा हुनेछ ।
एडिलेडको ओभल मैदानमा आइतबार भएको दोस्रो इनिङ्समा भारत १ सय ७५ रनमा अलआउट भएको थियो । १२८र५ को स्कोरबाट दिन सुरु गरेको टोलीले ४७ रनमा अन्तिम ५ विकेट गुमाएको थियो । ऋषभ पन्तले आज कुनै रन बनाउन सकेनन् र २८ रनमा आउट भए ।
नितिश रेड्डीले १५ रन बनाएर खेल सुरु गरे र ४२ रन बनाएर आउट भए । अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ५ विकेट लिए । स्कट बोल्याण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । स्टार्कले पहिलो इनिङ्समा ६ विकेट लिएका थिए ।
अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ३३७ रनमा अलआउट भएको थियो । ट्राभिस हेड (१४० रन)ले शतक प्रहार गरे । भारतले टस जितेर ब्याटिङ रोजे पनि टोलीले १८० रन मात्रै बनाउन सक्यो ।










