८ श्रावण २०८३, शुक्रबार
,
Latest
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो ।

गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेद्वारी दर्ता भएको हो ।

विभिन्न पदमा उम्मेद्वारी दिनेको सूची आजै सार्वजनिक गर्ने गरी अहिले निर्वाचन समितिले तयारी गरिरहेको महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले राससलाई जानकारी दिनुभयो । महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने कार्यक्रम छ ।