२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो ।

गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार आज उम्मेद्वारी दर्ता भएको हो ।

विभिन्न पदमा उम्मेद्वारी दिनेको सूची आजै सार्वजनिक गर्ने गरी अहिले निर्वाचन समितिले तयारी गरिरहेको महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले राससलाई जानकारी दिनुभयो । महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने कार्यक्रम छ ।