काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले कर्णालीलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो ।
उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । ४० बलमा ५९ रनसहित अविजित रहेका बोपाराले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २३ रन जोडे ।
बोपारा र कप्तान मल्लबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । तर, कर्णालीका मक्सुदले मल्लाई आउट पार्दै उक्त साझेदारी तोडे ।
बलिङतर्फ कर्णालीका विपिन शर्माले तीन विकेट लिए भने जिसन मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।










