३० असार २०८३, मंगलवार
,
Latest
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ सञ्चार गृह अगाडिको घटनामा छानबिन र कारबाही हुनुपर्छः सभापति लामिछाने पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित पूर्वसचिव डा जोशीको निधन मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले कर्णालीलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा ७ विकेटको क्षतिमा १३० रन जोड्यो ।

उसका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । ४० बलमा ५९ रनसहित अविजित रहेका बोपाराले ७ चौका र १ छक्का प्रहार गरे । यस्तै, कुशल मल्लले २३ रन जोडे ।

बोपारा र कप्तान मल्लबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भएको थियो । तर, कर्णालीका मक्सुदले मल्लाई आउट पार्दै उक्त साझेदारी तोडे ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले तीन विकेट लिए भने जिसन मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।