१ असार २०८३, सोमबार
,
Latest
सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्वास बस्ती आर्थिक समृद्धितर्फ लम्किँदै



अ+ अ-

वीरगञ्ज । सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दालाइ तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए ।

मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशालाई रुपान्तरित गरेका छन् । पुख्र्यौली पेशा त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ ।

“त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौं”, लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका दानालाल पासवानले भने, “देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुख्र्यौली पेशालाई त्यागेका छौं ।”

पुनर्वास बस्तीका देवानन्द पासवानले भने, “निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा आएको सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले यो बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको छ । आधारभूत आवश्यकता परिपूर्तिसँगै यो बस्ती अहिले समृद्धिको यात्रातर्फ लम्किँदै गएको छ ।” 

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले शुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५०० घरपरिवार छ भने करिब तीन हजार ५००  जनसङ्ख्या रहेको छ । लालबन्दी नगरपालिका–२ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता रहेको छ । एबिसिडी गरी चारवटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्ती समेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भएपनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुको प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो ।

“युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाहरु तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको छ”, वडा नं १ का वडाध्यक्ष पञ्चालाल स्याङयोले भने, “लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ।”

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय रहेका छन् । उनीहरुको छोराछोरी यसै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन् । छोटो समयमा पुख्र्यौली पेशा त्यागेर धनुषाको झिँझाबाट यहाँ आएका मानिस कडा परिश्रम र मेहेनत गरेर यहाँ सुन फलाउन थालेपछि लालबन्दीवासी खुशी भएका छन् ।