२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ



अ+ अ-

एजेन्सी । म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार म्यान्मामा बालबालीका लागि तुलनात्मक रुपमा अवस्था डरलाग्दो रहेको छ ।

सामाजिक सञ्जाल एक्समा राष्ट्रसङ्घीय समाचार सेवाले म्यानमा सबै भन्दा बढी पीडितहरूका साथ बारुती सुरुङ् खतराको मुख्य मुलुक भएको जनाएको छ ।

राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ् प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।

पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमाका विशेष प्रतिवेदक टम एन्ड्रुज र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताउनु भएको छ ।

बारुती सुरुङ प्रभावले म्यानमाका बच्चाहरूमा अधिक प्रभाव पारेको युनिसेफको तथ्याङ्कलेसमेत प्रमाणित गरेको छ । भने घर, विद्यालय, खेल मैदान ,कृषि लगायतका क्षेत्रमा हतियारहरू अन्धाधुन्ध राखिनाले बालबालीका लागि निरन्तर जोखिम बढेको जनाइएको छ ।