५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो



अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई २९५ रनले पराजित गरेको छ । टोलीले ५ खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल ६ डिसेम्बरबाट एडिलेडमा हुनेछ ।

पर्थको ओप्टस स्टेडियममा सोमबार भएको खेलको चौथो दिन ५३४ रनको लक्ष्य पछ्याएको कंगारु टोली दोस्रो इनिङ्समा २३८ रनमा अलआउट भयो ।

यसअघि भारतले ६ विकेटमा ४८७ रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो । भारतले पहिलो इनिङ्समा १५० रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स १०४ रनमा समेटिएको थियो ।

पर्थको ओप्टस स्टेडियममा अस्ट्रेलियाको यो पहिलो हार हो । टोलीले यसअघि ४ खेल खेलेको थियो र सबै जितेको थियो । अष्ट्रेलियामा भारतको यो अहिलेसम्मकै ठूलो टेस्ट जित हो । यसअघिको सबैभन्दा ठूलो जित २२२ रनको थियो, जब टोलीले सन् १९७७ मा मेलबर्नमा खेलेको थियो ।

अस्ट्रेलियाको दोस्रो इनिङ्समा बुमराह र मोहम्मद सिराजले ३–३ विकेट लिए । ट्राभिस हेड (८९)ले अर्धशतक बनाए । बुमराह खेलको प्लेयर अफ द म्याच चुनिए । उनले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए ।

पर्थमा भएको खेलमा जित हात पार्दै भारत विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ सिजनको अंक तालिकामा फेरि शीर्ष स्थानमा पुगेको छ । टोलीसँग अब ६१.११% अंक छ । योसँगै अस्ट्रेलियाको टोली ५७.६९% अंकसहित दोस्रो स्थानमा झरेको छ ।