२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गर्नुभयो ।

उहाँले यि तीन वटै विधेयकहरु छिटो ल्याउन काँग्रेसले पहल गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताउनु भयो ।

उहाँले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताउनु भयो । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक रहेको बताउनु भयो ।

यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक भएको सभापति देउवाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा सम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको छ । यो मुलुकको अति आवश्यकता पनि हो । यि ऐन जतिसक्दो छिटो ल्याउनका लागि पार्टीले पहल गर्ने नै छ । पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो देखिएको छ । मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । यि र यस्तै समस्याहरुको समाधानको ठोस उपाय खोज्नको लागि यस्ता वहस र कार्यक्रमहरुलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।

नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ । यसका लागि सबै सम्भावना हुँदाहुँदै पनि नेपालबाट विद्यर्थी बाहिरिरहेका छन् । यो सोचनीय विषय हो । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्न आवश्यक छ । यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक छ ।’

सभापति देउवाले अबको ४०÷५० वर्षको अनुमान गरेर मुलुकले अवलम्वन गर्नुपर्ने शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले शिक्षामा रुपान्तरण, शिक्षामा बजेट वृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।