७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
अ+ अ-

चितवन। सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो ।

सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ”

यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खट्नुभएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउनुहुन्छ । आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो । अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ / ०७६ मा पाँच प्रतिशतमा झरेको उहाँ बताउनुहुन्छ ।

यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकांश लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उहाँले जानकारी दिनुभयो । प्रा पौडेल अवकास भएपछि सर्पदंशका बिरामी हेर्दै आउनु भएका डा प्रमोद पौडेल सर्पले डसेर अस्पताल आएका बिरामीको मृत्युदर शून्य आशपासमा आएको बताउनुहुन्छ । कुनै वर्ष एकदुई जनाको मृत्यु हुने र कुनै वर्ष शून्य रहने गरेको छ ।

गत आवमा सर्पको डसाइले अस्पताल आएका कसैको पनि ज्यान गएको छैन । अघिल्लो आवमा अस्पताल आउँदा आउँदै बाटोमा एक जनाको मृत्यु भएको तथ्याङ्क छ । पहिले–पहिले एक जना बिरामीलाई २०० भाइलसम्म एन्टिस्नेक भेनम दिने गरेको भए पनि हिजो आज विष देखिएकालाई १० भाइलबाट सुरु गरेर बढीमा ३० भाइलसम्म दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले गत एक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अस्पतलाको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ती सङ्ख्यामा सर्पदंशका बिरामी रहेका थिए ।

आकस्मिक कक्षका प्रमुख अलाउद्दिन मियाका अनुसार गत वर्ष आएका बिरामीमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो । सो वर्ष सबैभन्दा धेरै साउन महिनामा सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गत वर्ष साउन महिनामा मात्र १३१ जना सर्पदंशका बिरामीले उपचार लिएका थिए । यसमध्ये तीन जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै भदौमा ९८ जनाको उपचार गरिएकोमा सात जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । असोजमा आएका ७७ जना सर्पदंशका बिरामी मध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको थियो । जेठमा ३६ जनाको उपचार गरिएकोमा एक जनाको सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

कात्तिकमा ५० जना, मङ्सिरमा आठ जना, पुसमा चार जना, माघमा तीन जना, फागुनमा १० जना, चैतमा १० जना, वैशाखमा ३१ जना, र असारमा ३३ जना सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा गरिएको थियो । उहाँका अनुसार चितवन सहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले अस्पतालमा सेवा लिएका हुन् ।

चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ ।

सर्पदंशका बिरामीहरु बढी सङ्ख्यामा वर्षातको समयमा आउने गरेको छन् । खेती पाती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्ष्यण देखिने उहाँले बताउनुभयो । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ । रुखहरुमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्ष्यण देखिने गरेको उहाँले जानकारी दिनुभयो ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा कोभ्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ । रासस