८ श्रावण २०८३, शुक्रबार
,
Latest
गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरवेजले गर्न छाड्यो भैरहवा उडान



अ+ अ-

काठमाडौं । कतार एयरवेजले दोहा–भैरहवा उडान स्थगन गरेको छ । दुईतर्फी यात्रुको माग नभएपछि एयरवेजले उडा नै स्थगित गरेको हो । यो एयरवेजले गत शनिबार भैरहवामा अन्तिम उडान गरेको थियो ।

दसैं, तिहार, छठ लगायतका चाडपर्व र शरदकालीन पर्यटकीय सिजन सकिएसँगै नेपालबाट फर्किनुपर्ने यात्रुको चापका आधारमा कतारले कात्तिक २७ गते दोहाबाट भैरहवा उडान गरेको थियो । दोहाबाट भैरहवा टचडाउन अनुमति लिई कतारले त्यहाँबाट काठमाडौं आई दोहा फर्किने उडान गरेको थियो । यो रुटमा १९ दिन कतारले दैनिक उडान गर्दा दुईतर्फी सय हाराहारी यात्रु आवागमन भएका थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कतारले भैरहवामा उडान गर्नेबारे अनुमतिका लागि पत्राचार नगरेको जनाएको छ । पहिलोपटक दोहा–भैरहवाका लागि कतारले १२ नोभेम्बरदेखि ३० नोभेम्बरसम्मको उडान अनुमति लिएको थियो ।

कतारले भैरहवामा खटाइएका कर्मचारी पनि त्यहाँबाट काठमाडौं फिर्ता बोलाइसकेको छ ।

पर्यटकीय सिजनमा दैनिक दोहा–काठमाडौं चारवटा उडान गर्ने कतारले यतिबेला काठमाडौंमा दुइटा उडानमात्रै गरिरहेको छ ।

यसैबीच यात्रुको चाप नभएका कारण थाइल्यान्डबाट आउने थाई एयर एशियाले पनि भैरहवाको उडान संख्या कटौती गरेको छ । सोम र बिहीबार बैंकक–भैरहवा उडान गरिरहेको थाई एयर एशियाले सोमबारको उडानलाई बिहीबारसँग मर्ज गरेको छ ।

भैरहवामा शनिबारसम्म कतारबाहेक थाई एयर एशिया, फ्लाई दुबई, जजीरा र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए । शनिबारपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या चारमा झरेको छ ।