२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्नः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताउनु भयो । उहाँले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको बताउनु भयो ।

उहाँले समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ संसद कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौं । सरकारकोतर्फबाट कानून मन्त्रीले धेरै महत्वपूर्ण कुराहरु राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसदमा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ ।

कानून उत्पत्ति गर्दै सांसदहरुको संग्लनता कसरी गर्ने हाम्रोमा प्रवन्ध भएको छैन । कानून आयोग छ । कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्नेकुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रवन्ध गरिनुपर्छ ।

आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरुको भुमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर सांसदहरु नै त्यो तयार छैनौं । संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ ।’

उहाँले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्नुभयो । उहाँले सांसदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने बताउनु भयो ।