१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ ।

आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।

दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । रासस