१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई फ्रेमवर्कमा चीनमा सहमति



अ+ अ-

काठमाडौं: नेपाल र चीनबीच हुने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा अन्यौलबीच दुबै देशबीच अन्तत: सहमति भएको छ ।

नेपालले अघि सारेको परिमार्जित बिआरआई फ्रेमवर्कलाई चीनले स्वीकार गरेको बेइजिङमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलमा रहेका एक सदस्यले न्यूजपोलारलाई बताएका छन् । उक्त सम्झौतामा सम्भवत: बेइजिङमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङ एवं राष्ट्रपति सी चिनफिङ बीच भएका भेटवार्तामा नेपालले फ्रेमवर्कमा सहमति जनाउन चिनिया पक्षलाई आग्रह गरेको थियो ।

बिआरआई अन्तर्गत चीनले नेपालका विकास परियोजनामा ऋण र अनुदान दुबै सहायता प्रदान गर्ने सम्भावना छ जसका लागि दुबै पक्षले आयोजनाहरु पहिचान गर्नेछन् । त्यस्ता आयोजनामा आवश्यक पर्ने रकमको मोडालिटी समेतका विविध विषयमा छलफल भएर निष्कर्षमा पुग्न भने बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि बिआरआई फ्रेमवर्कका बारेमा सत्तारुढ दलहरुसँग सहमति जुटाउनु भएको थियो । उक्त फ्रेमवर्कमा काम गर्न चीन राजी भएको स्रोतको भनाई छ ।