१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला सुरु

बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला सुरु
अ अ+ अ-

काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ ।

नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा सुरु भएको मेला मंसिर १७ देखि २०८२ बैशाख २५ गतेसम्म चल्ने छ । आयोजकका अनुसार नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको हो ।

मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौ विकल्प एकै ठाउँमा उपलब्ध गराउनु तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सटिङ सुटिङको महत्व बुझाउनु रहेको आयोजकले जनाएको छ । मेलामा सुटमा आएको नयाँ डिजाइनबारे जानकारी गराइनेछ ।

विवाहको सिजनमा दूरदराजबाट सुट पाइन्ट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ ।

मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहनेछन् । यी कम्पनीहरु दशकौंदेखि गुणस्तरीय कपडाको आयात एवं सिलाइ व्यवसायमा संलग्न छन् ।

‘मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक खुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर साबित हुने अपेक्षा गरेका छौ ।’ मेला संयोजक अर्जुन बस्नेतले भने, ‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इंग्ल्यान्ड, बैंकक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौ ।’

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरीद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफर समेत राखेका छन् ।

यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सटिंङ सुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारको राजस्वमा पनि योगदान गर्ने महासंघको भनाई छ ।