८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

राजश्व अनुन्धानद्वारा फल्स बटम बनाएर राजश्व छल्नेमाथि २२ कराेडकाे बिगाे मागदाबी

राजश्व अनुन्धानद्वारा फल्स बटम बनाएर राजश्व छल्नेमाथि २२ कराेडकाे बिगाे मागदाबी
अ+ अ-

काठमाडाैंः भारतीय ट्रकहरु खरिद गरी छुट्टै केविन (फल्स वटम) वनाइ सो भित्र भन्सार चोरी पैठारीको मालवस्तु लुकाई छिपाई भन्सार राजस्व समेत छलि विक्री वितरण गरी राजस्व चुहावट गरेको कसुरमा राजश्व अनुसन्धान विभागले दुइ जना मुख्य अभियुक्तमाथि कैद र जरिवाना गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेकाे छ ।

विभागका अनुसार वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर र काठमाण्डौ महानगरपालिका सोल्टीमोडमा वसोवास गर्ने रजनिश कुमार गुप्ता र चितवन खैरहनी घर भएका राजेन्द्र थापा विरूद्ध रु.२१ कराेड ६० लाख ४९ हजार विगो कायम गरि मुद्दा दर्ता गरिएको हाे ।

प्राप्त विवरण अनुसार, भारतीय ट्रक UP 32 DN 9347मा फल्स बटम छुट्टै नदेखिने क्याविन कोठा वनाई रजनिश र थापा समेत ९ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको विभागले जनाएकाे छ । भारतीय ट्रक खरिद गरी फल्स बटम छुट्टै नदेखिने क्याविन कोठा समेत बनाई भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिई आउने ट्रकको फल्स बटमभित्रभारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेको अनुसन्धानबाट खुलेकाे छ ।

साथै उक्त कार्यमा संलग्न वरामद मालवस्तु ढुवानीकर्ता विद्या रोड लाईनको कारोवार संचालन गर्ने आशिष कुमार गुप्ता, बरामद मालवस्तु भएको ट्रकका चालक मोहम्मद अथर र ढुवानी भै आएको मालवस्तु वुझि सम्वन्धित पार्टीमा पुर्याउने कार्य गर्ने लर्ड वुद्ध कुरियर्स संचालन गर्ने भनिएका नवराज तिमिल्सेना, सुमन खतिवडा, सरोज राउत र गोकुलराज महत समेत ६ जनालाई बरामद मालवस्तुको विगो रु.५५ लाख ३१ हजार दरले जरिवाना गर्न मागदाबी गरिएकाे छ ।

यसैगरी, ना. ६ ख ५२५८ नं. को सिमेन्ट बाेकी आएको ट्रकमा विना विलविजकका भारतीय कपडाहरु लुकाई छिपाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा रजनिश कुमार गुप्ता र राजेन्द्र थापा समेत ५ जना प्रतिवादीहरु उपर रु. ७ कराेड ७७ लाख ४८ हजार विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएकाे छ ।

उक्त कार्यमा संलग्न ना. ६ ख ५२५८ नं. को ट्रकको चालक तथा धनी बाबुराम रसाईली तथा रजनिश कुमार गुप्ता र राजु थापाले पठाएको मालवस्तु काठमाण्डौमा वुझी हिसाव किताव तथा व्यवस्थापन गर्ने विष्णु कुमार कार्की र काठमाण्डौमा छुट्टै पसल संचालन गरी उक्त कार्यको सम्पूर्ण व्यवस्थापन गर्ने रंजितकुमार गुप्ता समेत ५ जनालाई बरामद मालवस्तु तथा विष्णु कुमार कार्कीबाट बरामद भएको चोरी पैठारीको अभिलेख राखेको डे वुकमा रहेको हिसाव अनुसार पहिले नै चोरी पैठारी गरी विक्री वितरण तथा कारोबार गरि सकेको मालवस्तुको समेत गरी कायम हुने रकम असुल उपर गर्न माग गरिएकाे विभागले जनाएकाे छ ।