१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले हटायो ह्यान्ड स्यानिटाइजर्सको विदेश निर्यातमाथिकाे प्रतिबन्ध



अ+ अ-

नयाँदिल्लीः भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबारदेखि लागू हुने गरी भारतबाट अल्कोहल आधारित ह्यान्ड स्यानिटाइजर्सको निर्यातमाथिको प्रतिबन्ध हटाएको छ ।

भारत सरकारले कोरोनाभाइरस महामारीलाई ध्यानमा राखी गत मार्चदेखि ह्यान्ड स्यानिटाइजर्सको विदेश निकासीमाथि प्रतिबन्ध लगाएको थियो ।  

गत मे महिनामा यसमा केही लचकता अपनाउँदै अल्कोहल आधारित स्यानिटाइजरमाथि मात्र प्रतिबन्ध बाँकी थियो । जुन महिनामा यसमा पनि लचकता अपनाइएको थियो । सरकारले पम्पबाट छर्कने अल्कोहल आधारित स्यानिटाइजर्समा मात्र निकासीमा प्रतिबन्ध लगाइराखेको थियो ।

भारत सरकारले अब पम्पबाट छर्कने स्यानिटाइजर्स पनि विदेश निकासीका लागि खुला गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

एजेन्सी