८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

के रेमडेसिभरले पनि कोरोनाका बिरामी निको हुँदैनन् ?

के रेमडेसिभरले पनि कोरोनाका बिरामी निको हुँदैनन् ?
अ+ अ-

अमेरिकी कम्पनी जिलिएडले उत्पादन र वितरण गरिरहेको रेमडेसिभर औषधि पनि कोरोनाभाइरसबाट संक्रमित बिरामीको ज्यान बचाउन पर्याप्त सक्षम नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले गरेको क्लिनिकल परीक्षणमा रेमडेसिभरको सहायताले कोभिड–१९ का बिरामीलाई अस्पतालमा रहने अवधि बढाउने वा त्यस्ता बिरामीलाई बचाउने सम्भावना निकै कम रहेको देखिएको छ, भारतीय अखबार अमर उजालाले लेखेकाे छ ।

शुरुशुरुका दिनमा कोरोनाको उपचारमा यही इन्टिभाइरल औषधि दिइएको थियो । हालै मात्र कोरोना भाइरसबाट स्वस्थ भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि यो औषधि प्रयोग गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले चार वटा औषधिको परीक्षण गरी सुझावहरु अघि सारेको छ । जसमा रेमडेसिभरका अलावा हाइड्रोक्सिक्लोरोक्वीन, एचआइभी प्रतिरोधी लोपिनाभिर–रिटोनाभिर र इन्टरफेरान सामेल छन् । यी परीक्षणमा ३० देशका ११,२६६ जना वयस्क बिरामीलाई सामेल गरिएको थियो । अध्ययनमा के पाइयो भने कोरोनाको उपचार गराइरहेका तर अस्पतालमा लामो अवधिसम्म बस्नु पर्ने बिरामीमा यसको केही असर देखिएको छैन । 

संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले कोरोना उपचारमा अप्रभावकारी ठहरिएका हाइड्रोक्सिक्लोरोक्विन र लोपिनाभिर–रिटोनाभिरको प्रयोगमा गत जुन महिनामा रोक लगाइएको जानकारी दिइन् ।

गत मई १ मा अमेरिकी खाद्य तथा औषधि प्रशासनले रेमडेसिभरलाई आपतकालीन प्रयोगका लागि मन्जुरी दिएको थियो । त्यसपछि यस औषधिलाई आधिकारिक रुपमै विश्वका विभिन्न मुलुकमा प्रयोग गर्न थालिएको छ ।

नेपालमा पनि काेराेनाभाइरसका गम्भीर बिरामीकाे उपचारमा रेमडेसिभर चलाउन थालिएकाे छ । तर यसकाे नतिजा र प्रभावकारिताका बारेमा प्रष्ट विवरण सार्वजनिक भएका छैनन् ।