२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही संविधानमा उचित संशोधनका लागि समिति बनाएर काम गर्छाैँ : प्रधानमन्त्री काठमाडौंमा शिक्षकहरुको आन्दोलन जारी– तस्बिरहरु बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक आईपीएलमा आज कोलकाता र लखनऊ खेल्दै देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण: अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमण: प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको राष्ट्रपतिसंग भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न चीन भ्रमण र विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ ।

शनिबार साँझ हालै चीन भ्रमणबाट फर्कनु भएका परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाइ राष्ट्रपति भवन शितल निवासमा पुगी जानकारी गराउनु भएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दे हुनुहुन्छ ।

प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ ।