२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा: वन मन्त्री शाही



अ+ अ-

कैलाली। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उहाँले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । “केही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए”, उहाँले भन्नुभयो, “ती समस्या समाधान गर्न, क्षति न्यूनीकरण गर्न तथा आरक्षबाट पीडित, विस्तापित भएका मानिसलाई पुनःस्थापना गर्न अधिकार सम्पन्न आयोग बनाएका छौँ ।”

वनलाई जनतासँग जोड्न, वन र जनताबीचको सम्बन्ध सुमधुर बनाउन तथा वनका माध्यमबाट जनतालाई समृद्धितर्फ लैजान मन्त्रालयले वन विकास कार्यक्रम अगाडि बढाएको वनमन्त्री शाहीले उल्लेख गनुभयो । वन र पर्यटन, राष्ट्रिय निकुञ्ज र पर्यटनलाई एकापसमा जोड्ने प्रयास निरन्तर जारी रहने उहाँले बताउनुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “जहाँजहाँ हाम्रा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र छन्, ती सबै पर्यटनका अत्यन्तै आकर्षण केन्द्र हुन् । पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधार र पर्यटकलाई बस्न तथा अन्य विभिन्न सुविधा नहुँदा बढी पर्यटक भित्र्याउन सकिरहेका छैनौँ । मन्त्रालयले योजनाबद्ध रूपमा समस्या समाधान गर्दै राष्ट्रिय निकुञ्जसँग पर्यटनलाई जोड्ने प्रयास गरिरहेका छौँ ।” बाजुराको बडिमालिलाई संरक्षित क्षेत्रका रूपमा अघि बढाउने योजना सरकारको रहेको मन्त्री शाहीले जानकारी दिनुभयो ।रासस