२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले बोलाएको बैठकमा सचिव र सहसचिव अनुपस्थित, गणपुरक संख्या नपुगेर बैठक रोकियो



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तेजुलाल चौधरीले बोलाउनु भएको परिषद्को बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको छ ।

मन्त्री चौधरीले आज बोर्डको ११८ औ बैठक मन्त्रालयमा दिउँसो एक बजे बोलाउनु भएको थियो तर सचिवसहित दुई सहसचिव र राखेपका तीन सदस्य अनुपस्थित भएपछि बैठक रोकिएको एक सदस्यले जानकारी दिनुभयो ।

बैठकमा सचिव सुमनराज अर्याल र सहसचिव रुद्र प्रसाद अधिकारी र शिक्षामन्त्रालयका प्रतिनिधि उपस्थित हुनुभएन । यसैगरी राखेपसदस्यहरु दिपेन्द्र बिष्ट, मोहम्मद फाजिल, रामचन्द्र श्रेष्ठपनि बैठकमा उपस्थित हुनु भएन ।

आज बोलाईएको परिषद्को ११८ औं बोर्ड बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका संशोधन, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१, प्रथम पारा राष्ट्रिय खेलकुद २०८१, विश्वविद्यालय खेलकुद, जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि, राष्ट्रपति रनिङ्ग शिल्ड, राष्ट्रिय खेलकुद परिषद् कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली, आर्थिक प्रशासन सम्बन्धी विनियमावली विद्यालय खेलकुद पाठ्यक्रम, खेलाडी आवास र विविध बिषयमा छलफल गर्ने कार्यसूचि रहेको सदस्य सचिव टंक लाल घिसिङ्गले जानकारी गराउनु भएको थियो ।

एक सदस्यका अनुसार मन्त्रीको निर्देशनामा नै सचिव, सहसचिव र केही सदस्य अनुपस्थित भएका हुन् । आफू अनुकल बोर्ड चलाउन खोजेका मन्त्रीले नसकेपछि बैठकक नै नबोलाउने गर्नुभएको थियो । आन्तरिक दबाबका कारण बैठक बोलाउन लगाएपनि गणपुरक संख्या पुग्न नदिएको एक सदस्यले जानकारी दिनुभयो ।

मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको १० औं राष्ट्रिय खेलकुद स्थगित गरिएपछि अब कहिले गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । कर्णाली प्रदेशमा गर्ने भनिएको प्रतियोगिताको नयाँ मितिबारे अन्योल बढिरहँदा आज बस्ने बोर्ड बैठकले ठोस निर्णय गर्न सक्ने जनाईएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक १४ महिनादेखि बस्न सकेको छैन । जसका कारण कर्मचारी सेवा शर्त विनियम, आर्थिक विनियम, ओएनएम स्सर्भेको कुरा र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिका संशोधनसहितका विषय अन्योलमा परेका छन् ।

जसका कारण पहिलो पारा राष्ट्रिय प्रतियोगितामा पनि अन्योलमा परेको छ ।