८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा

शनिबार ३१६७ जना संक्रमित थपिदा १८ सयले संक्रमण जिते

शनिबार ३१६७ जना संक्रमित थपिदा १८ सयले संक्रमण जिते
अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो । नेपालमा हालसम्म कुल संक्रमितहरुको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण निकोहुनेहरुको संख्या १ हजार ८ सय रहेको छ । यससँगै हाल सम्म निको हुनेको कुल संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हाल सम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कुल १५ हजार ४ सय ३८ पीसीआर परीक्षण भएको बताउनुभयो । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ पीसीआर परीक्षण भएको छ ।

आज देशभर १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २५ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या ४ हजार ७ सय १५ रहेको छ ।