९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
अ अ+ अ-

उल्भरह्याम्टन (बेलायत):  रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुग्नुभएका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो । “सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो” उहाँले मलिनो अनुहारमा भन्नुभयो, “तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गराँै ।”

आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उहाँको मनमा त्रासको तुुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाउनुभयो । “केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ”, उहाँले जोड्नुभयो, “झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।”

कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गर्नु भएको छ । उहाँले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गर्नुभएको हो । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफूू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गर्नुभएको छ । केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् ।

एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महङ्गो भएकाले छोडेर उल्भरह्याम्टन सर्नुभयो । ‘‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’’ उहाँले भन्नुभयोे ।  उहाँ पनि कामको खोजीमा हुनुहुन्छ । केही दिन पहिलेदेखि उहाँले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उहाँले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाउनु भएको छैन । वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् ।नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ । “बेलायत आउनुअघि हुनुपर्ने आधारभूूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्”–उहाँले भन्नुभयो, “सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।” सकेसम्म समस्यामा परेका नेपालीका लागि आवश्यक सहयोग गर्ने तर समाजमा आवद्धहरुको पनि आफ्नै सीमितताका कारण ठूलो सहयोग गर्न नसकिने उहाँको भनाइ छ । नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौंला’, भन्ने प्रवृति मुुख्य समस्याको रुपमा देखिएको बताउनुभयो ।

“कुन विषय पढ्ने ?, कुुन विश्वविद्यालयमा पढ्ने ?, उहाँले प्रश्नको शैलीमा भन्नुभयो, “सो ठाउँमा कामको सम्भावना र बस्ने ठाउँको अवस्था के छ ? समस्या पर्दा सहयोग गर्ने कोही छ कि छैन् ? लगायतका विषयमा आधारभूत ज्ञानसमेत नलिइकन बेलायत आउनेहरुले धेरै समस्या भोग्नुपरेको छ ।”काम गरेर कलेजको शुल्क तिर्छु र यहाँ आउँदा लागेको खर्चसमेत केही महिनामै उठाउँछु भन्ने सोच बोकेर बेलायत पुग्ने अधिकांश विद्यार्थी मानसिक समस्यामा पर्नु मुख्य कारण भएको उहाँले बताउनुभयो । यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार उल्भरह्याम्टन, बर्मिङघम, लण्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरुले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ । “नचलेका र जुनसुकै विषयमा भए पनि भिसा लगाउनकै लागि ग्रामीण कलेजमा पढ्न आउनेहरु समस्यामा पर्ने गरेका छन्”–उहाँले थप्नुभयो, “बस्ने ठाउँ, पढ्ने ठाउँ र काम पाउने ठाउँको दूरी व्यवस्थापनमै धेरैलाई समस्या भइरहेको छ ।” कतिपयलाई बेलायत आउन पाए पुग्ने, पढ्ने विषय, विश्वविद्यालयबारे समेत पर्याप्त जानकारी नभएको सुनाउँदै उहाँले थप्नुभयो, “कतिपयलाई यहाँको यथार्थ भन्दा समेत जाने गएकै छन् राम्रै भएको छ, मलाई चाहीँ के नराम्रो होला भन्ने ठानेर दुुःख पाएको जस्तो लाग्छ ।”

लण्डनभित्रकै कलेज हो भनेर शैक्षिक परामर्शदाता कम्पनीले दिएको गलत र भ्रमपूर्ण जानकारी विद्यार्थीका लागि घातक हुने गरेको पाइएको छ । प्रक्रियाका क्रममा भिसा मात्रै लागोस् भन्ने चाहना राखेका विद्यार्थीलाई भिसा लागेपछि मात्रै कुन विश्वविद्यालय हो भन्ने थाहा हुन्छ, त्यसपछि पनि त्यसको भौगोलिक अवस्था र सम्भावनाबारे बुुझ्दा समस्या भएको हुुनसक्छ । लामो समयदेखि नेपाली विद्यार्थीका समस्यालाई नजिकबाट नियालिरहेको नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङनेप्ससका संस्थापक अध्यक्ष पवन कँडेलले सेप्टेम्बर इन्टेकमा बेलायतमा विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उच्चशिक्षाका लागि आउने भएकाले कोठा र काम पाउन कठिन रहेको बताउनुभयो ।

“सेप्टेम्बर र जनवरी इन्टेकमा विश्वभरबाट गुणस्तरीय शिक्षाका लागि हजारौं विद्यार्थी बेलायत आउँछन्, विश्वका उत्कृष्टमध्यमै पर्ने बेलायतमा रहेका १३० भन्दा बढी मुख्य विश्वविद्यालयमा आउने हजाराँै विद्यार्थी सबै राम्रो उच्च शिक्षाकै उद्देश्यकै कारण नआउने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसमा पनि नेपाललगायत कम आय भएका देशका केही विद्यार्थीबाहेक अधिकांशको उद्देश्य पढाइभन्दा पनि कसरी बेलायत प्रवेश गर्ने भन्ने मात्रै सोचेको देखिन्छ ।”अध्यक्ष कडेँलले बेलायतका विश्वविद्यालयलाई विद्यार्थीको लोभ र शैक्षिक परामर्शदाता कम्पनीले पाउने २० देखि २५ प्रतिशत कमिसनको चेपुवामा विद्यार्थीहरु पर्ने गरेका छन् । त्यसमाथि नेपालबाट आउँदा बेलायत भित्र्याउन पाउने सीमित पाउण्ड र बेलायतको बढ्दो महङ्गीकै कारण विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका सुनाउनुुभयो । “यहाँ पढ्नकै लागि आउने हो, पढाइलाई किनारामा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ” उहाँले भन्नुभयो, “अधिकाश नेपाली विद्यार्थी काम गरेरै खर्च चलाउने, विश्वविद्यालयको शुल्क बुझाउनेदेखि नेपाल पैसा पठाउनेसम्म सपना देखेर बेलायत आउने गरेका छन् । त्यो पूरा हुन निकै कठिन छ ।”

बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय काम गरेर अत्यन्तै न्यून पारिश्रमिक पाउने गरेका छन् । कानूनीरुपमा उनीहरुले २० घण्टामात्रै काम गर्न पाउने भएकाले विद्यार्थीहरु जति पाए पनि केही नबोली गर्न बाध्य छन् । रोजगारदाताहरुको रोजाइमा पूर्णकालीन काम गर्न सक्ने, जुनसुकै दिन र समयमा उपलब्ध हुने तथा भाषा र कामको अनुभव भएकाहरूलाई प्राथमिकता दिने भएकाले विद्यार्थीहरुले सहजै काम गर्न कठिन हुने गरेको छ । नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङक नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रवक्ता रोशन खनालको भनाइ छ । यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरुका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेसिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ ।

रामनाथ घिमिरे \ रासस