काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यससँगै, बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा बारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार उक्त सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतिताला ३० रुपैयाँले घटेर १ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।