२७ मंसिर २०८१, बिहीबार
,
Latest
‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता हुन्छः स्वास्थ्यमन्त्री पौडेल भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री २०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था ! गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय



अ+ अ-

एजेन्सी । गुजरातका विकेटकीपर ब्याट्सम्यान उर्भिल पटेलले त्रिपुराविरुद्ध सय्यद मुश्ताक अली ट्रफीमा बलियो इनिङ खेल्दै ऋषभ पन्तको कीर्तिमान तोडेका छन् ।

उर्भिलले २८ बलमा शतक बनाए र टी–२० ढाँचामा सबैभन्दा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बने ।

उर्भिलअघि यो कीर्तिमान पन्तको नाममा थियो, जसले २०१८ मा हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक बनाएका थिए ।

उर्भिलले आफ्नो इनिङ्समा १२ छक्का र सात चौका प्रहार गरे । लक्ष्य पछ्याउने क्रममा उर्भिलले ३५ बलमा अविजित ११३ रन बनाएर गुजरातलाई ८ विकेटले जित दिलाए । पहिले ब्याटिङ गरेको त्रिपुराले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

जवाफमा गुजरातले १०.२ ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो । उर्भिल र आर्यन देसाईले पहिलो विकेटका लागि १५० रनको साझेदारी गरे ।

योसँगै उर्भिल टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । उनीभन्दा अगाडि इस्टोनियाका साहिल चौहान मात्र छन् जसले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए ।

अचम्मको कुरा के छ भने, हालै सम्पन्न आईपीएलको मेगा लिलामीमा उर्भिल बिक्रि भएका थिएनन् र कुनै टोलीले उनलाई किनेको थिएन । दुई दिनपछि मात्रै उर्भिलले आफ्नो शक्ति देखाए ।