१२ मंसिर २०८१, बुधबार
,
Latest
गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ ।

सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै दायर गरेको रिटमा न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ‘सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि,२०६८’ मा गहनाको पसल सञ्चालन वा सुनको कारोबार गर्न तोकिएको तीन वटा महासंघमध्ये एउटाको अनिवार्य सदस्य बन्नुपर्ने उल्लेख छ । उक्त महासंघको सिफारिसमा मात्र तोकिएको वाणिज्य बैंकबाट काँचो सुन खरिद गर्न सकिन्छ ।

राष्ट्र बैंकले गहना व्यवसायमा सिण्डिकेट कायम गरेको र त्यस व्यवस्थाले स्वतन्त्र रुपमा गहना पसल सञ्चालन गर्न नसकेको भन्दै सुन व्यवसायीहरुले गुनासो पोख्दै आएका थिए ।  संघ महासंघले सुन खरिदका नाममा नियमावलीलाई गलत व्याख्या गरेर सिन्डिकेट बनाएको भन्दै सुन व्यवसायीहरुले श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।