२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दामा भएको २ दिने आईपीएल मेगा अक्सनमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।

अक्सनमा १८२ खेलाडी बिक्रि भए जसमध्ये ६२ विदेशी खेलाडी थिए । ऋषभ पन्त इतिहासकै सबैभन्दा महँगा खेलाडी बने । उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किनेको थियो ।

जब खेलाडीहरू लिलामी हुन्छन्, टिडिएस तिनीहरूको लिलामी रकमबाट कटौती गरिन्छ । यहाँ हामी आईपीएलमा लिलामी भएका खेलाडीहरूले लिलामी रकमको तुलनामा कति पैसा पाउनेछन् भनेर बताइरहेका छौं । सरकारी कोषमा कति पैसा जान्छ ?

भारत सरकारले भारतीय खेलाडीको तलबमा १० प्रतिशत कर लगाएको छ । यो कर आईपीएल फ्रेन्चाइजीले खेलाडीलाई भुक्तानी गर्नु अघि स्रोतमा कर कटौती (टीडिएस) को रूपमा काट्छ । जबकि विदेशी खेलाडीको तलबमा २० प्रतिशत कर काटिन्छ ।

उदाहरणका लागि, यदि कुनै भारतीय खेलाडीको तलब १० करोड रुपैयाँ छ भने, फ्रेन्चाइजले खेलाडीलाई भुक्तान गर्नुअघि करको रूपमा १ करोड रुपैयाँ कटौती गर्नेछ । विदेशी खेलाडीको तलब १० करोड भए फ्रेन्चाइजले २ करोड रुपैयाँ कर काट्छ । कटौती गरिएको टिडिएस खेलाडीहरूको तर्फबाट भारत सरकारमा जम्मा गरिन्छ ।

आईपीएलमा सर्वाधिक महँगा खेलाडी पन्त जो २७ करोडमा बिक्रि भएका थिए उनले २४ करोड ३० लाख पाउनेछन् । २ करोड ७० लाख टिडिएस काटिनेछ ।

आईपीएल लिलामीबाट ८९.४९ करोड रुपैयाँ सरकारी कोषमा जाने
आईपीएल टोली मालिकहरूबाट कटौती गरिएको टिडिएस खेलाडीहरूको तर्फबाट भारत सरकारमा जम्मा गरिन्छ । यस पटकको लिलामीमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् । जसमा भारतीय खेलाडीमा ३८३.४० करोड र विदेशी खेलाडीमा २५५.७५ करोड रुपैयाँ खर्च भएको छ ।

१०% टीडीएस अनुसार भारतीय खेलाडीको कुल टीडीएस ३८.३४ करोड रुपैयाँ आउँछ । विदेशी खेलाडीको २० प्रतिशत टीडीएस अनुसार ५१.१५ करोड रुपैयाँ हुन्छ । अर्थात् यस लिलामीमा खेलाडीलाई दिइएको रकममध्ये कुल ८९ करोड ४९ लाख रुपैयाँ सरकारी कोषमा जम्मा हुनेछ ।