१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

32.27°C

काठमाडौं

32.27°C

Kathmandu

Feels-like: 30.18

Wind: 5.14

Humidity: 19

Latest
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट-फोटोफिचर धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना पहलगाम हमलाः हनिमुन मनाउन गएका जोडीको वियोग, नाम सोधेर आतंककारीले गोली हाने विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दामा भएको २ दिने आईपीएल मेगा अक्सनमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।

अक्सनमा १८२ खेलाडी बिक्रि भए जसमध्ये ६२ विदेशी खेलाडी थिए । ऋषभ पन्त इतिहासकै सबैभन्दा महँगा खेलाडी बने । उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किनेको थियो ।

जब खेलाडीहरू लिलामी हुन्छन्, टिडिएस तिनीहरूको लिलामी रकमबाट कटौती गरिन्छ । यहाँ हामी आईपीएलमा लिलामी भएका खेलाडीहरूले लिलामी रकमको तुलनामा कति पैसा पाउनेछन् भनेर बताइरहेका छौं । सरकारी कोषमा कति पैसा जान्छ ?

भारत सरकारले भारतीय खेलाडीको तलबमा १० प्रतिशत कर लगाएको छ । यो कर आईपीएल फ्रेन्चाइजीले खेलाडीलाई भुक्तानी गर्नु अघि स्रोतमा कर कटौती (टीडिएस) को रूपमा काट्छ । जबकि विदेशी खेलाडीको तलबमा २० प्रतिशत कर काटिन्छ ।

उदाहरणका लागि, यदि कुनै भारतीय खेलाडीको तलब १० करोड रुपैयाँ छ भने, फ्रेन्चाइजले खेलाडीलाई भुक्तान गर्नुअघि करको रूपमा १ करोड रुपैयाँ कटौती गर्नेछ । विदेशी खेलाडीको तलब १० करोड भए फ्रेन्चाइजले २ करोड रुपैयाँ कर काट्छ । कटौती गरिएको टिडिएस खेलाडीहरूको तर्फबाट भारत सरकारमा जम्मा गरिन्छ ।

आईपीएलमा सर्वाधिक महँगा खेलाडी पन्त जो २७ करोडमा बिक्रि भएका थिए उनले २४ करोड ३० लाख पाउनेछन् । २ करोड ७० लाख टिडिएस काटिनेछ ।

आईपीएल लिलामीबाट ८९.४९ करोड रुपैयाँ सरकारी कोषमा जाने
आईपीएल टोली मालिकहरूबाट कटौती गरिएको टिडिएस खेलाडीहरूको तर्फबाट भारत सरकारमा जम्मा गरिन्छ । यस पटकको लिलामीमा १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् । जसमा भारतीय खेलाडीमा ३८३.४० करोड र विदेशी खेलाडीमा २५५.७५ करोड रुपैयाँ खर्च भएको छ ।

१०% टीडीएस अनुसार भारतीय खेलाडीको कुल टीडीएस ३८.३४ करोड रुपैयाँ आउँछ । विदेशी खेलाडीको २० प्रतिशत टीडीएस अनुसार ५१.१५ करोड रुपैयाँ हुन्छ । अर्थात् यस लिलामीमा खेलाडीलाई दिइएको रकममध्ये कुल ८९ करोड ४९ लाख रुपैयाँ सरकारी कोषमा जम्मा हुनेछ ।