२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

७१ किलो गाँजासहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केस्थित सडकबाट ७१ किलोग्राम गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । राक्सिराङ गाउँपालिका–९ खैराङका २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय सन्देश बस्नेत नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

गौरीगन्ज गाउँपालिका–१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्राम सहित २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ वर्षीय किशोर पक्राउ परेका छन् ।